सी र जेलेन्स्कीबीच टेलिफोन वार्ता
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेस्कीबीच बुधबार टेलिफोन वार्ता भएको छ । चिनियाँ सञ्चारमाध्यम सिजिटिएनले दुई राष्ट्रपतिको कुराकानीलाई युक्रेनमा जारी युद्धलाई रोक्ने पहलका रूपमा व्याख्या गरेको छ ।
गत मार्च महिनामा रसियाको भ्रमण गरेको चिनियाँ राष्ट्रपति सीले बुधबार जेलेन्स्कीलाई फोन गरेपछि युक्रेनमा १५ महिनादेखि जारी युद्ध रोकिने सङ्केतका रूपमा चिनियाँ सञ्चारमाध्यमले विश्लेषण गरेको हो ।
रुस–युक्रेन युद्धमा युरोप र अमेरिकाले निरन्तर साथ दिएपनि चीन भने तटस्थ बस्दै आएको छ । चीनले दुवै पक्षलाई शान्ति र वार्ताबाट समस्या समाधान हुनसक्ने बताउँदै आएको छ । आजको टेलिफोन वार्तामा पनि सीले चीनले सधैँ वार्ताको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्ने धारणा राख्दै आएको कुरा दोहोर्याएका थिए । युक्रेनबाट चिनियाँ नागरिकलाई फिर्ता गर्नका लागि सहयोग गरेको भन्दै सीले युक्रेनसँग आपसी सहकार्य गर्न तयार रहेको बताएका थिए ।
राष्ट्र संघीय सुरक्षा परिषद्को स्थायी सदस्य मुलुक चीनले युक्रेन सङ्कटको बेवास्ता नगर्ने कुरा सीले कुराकानीको क्रममा राखेका थिए ।चीनले युरोप तथा एसिया मामिलासम्बन्धी विशेष प्रतिनिधिलाई युक्रेनलगायत मुलुकमा पठाएर युक्रेन सङ्कटको समाधानका लागि पहल गर्ने बताइएको छ ।
सीसँगको वार्तामा जेलेन्स्कीले विश्वमा शान्ति तथा स्थिरताका लागि चीनले पहल गर्ने आशा युक्रेनले राखेको बताएका थिए । चीनले गरेको सहयोगमा जलेन्स्कीले धन्यवाद दिएको पनि सिजिटिएनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण