आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक परामर्श संस्थाहरुद्वारा आन्दोलनको घोषणा

बिहीबार, १४ वैशाख २०८०, १४ : २५
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । शैक्षिक परामर्श क्षेत्रका संघ संस्थाले सोमबारदेखि आन्दोलनको घोषणा गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको वैदेशिक अध्ययन स्वीकृति निर्देशिका २०७९ को विरोधमा उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् । 

शैक्षिक परामर्श क्षेत्रका विभिन्न ७ वटा संस्थाहरूले पत्रकार सम्मेलन गर्दै निर्देशिका नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। ईक्यान अध्यक्ष प्रकाश पाण्डेले सरकारले निर्देशिका जारी गरेर भविष्यमा नेपाली विद्यार्थी विदेश पढ्न जान रोक लगाउन खोजेको बताए । 

निर्देशिका खारेज हुनुपर्ने आफूहरूको प्रमुख माग रहेको भन्दै त्यो नहुँदासम्म निर्देशिका संशोधन गरिनुपर्ने बताए । निर्देशिका कार्यान्वयन गर्ने मनसायभन्दा पनि रोक लगाउने मनसायले आएको उनको आरोप छ । 

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप