शैक्षिक परामर्श संस्थाहरुद्वारा आन्दोलनको घोषणा
बिहीबार, १४ वैशाख २०८०, १४ : २५
काठमाडौँ । शैक्षिक परामर्श क्षेत्रका संघ संस्थाले सोमबारदेखि आन्दोलनको घोषणा गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको वैदेशिक अध्ययन स्वीकृति निर्देशिका २०७९ को विरोधमा उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।
शैक्षिक परामर्श क्षेत्रका विभिन्न ७ वटा संस्थाहरूले पत्रकार सम्मेलन गर्दै निर्देशिका नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। ईक्यान अध्यक्ष प्रकाश पाण्डेले सरकारले निर्देशिका जारी गरेर भविष्यमा नेपाली विद्यार्थी विदेश पढ्न जान रोक लगाउन खोजेको बताए ।
निर्देशिका खारेज हुनुपर्ने आफूहरूको प्रमुख माग रहेको भन्दै त्यो नहुँदासम्म निर्देशिका संशोधन गरिनुपर्ने बताए । निर्देशिका कार्यान्वयन गर्ने मनसायभन्दा पनि रोक लगाउने मनसायले आएको उनको आरोप छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण