फ्रान्स उडेका विद्यार्थीहरूलाई मन्त्री किरातीले भने–पर्यटन विश्वविद्यालय खोलिँदै छ, राम्रो अध्ययन गरेर आउनुस्
काठमाडौँ । इन्टर्नसिपका लागि फ्रान्स गएका विद्यार्थीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले बिहीबार बिदाइ गरेका छन् । होटेल व्यवस्थापन विषयका २४ विद्यार्थीलाई मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका हुन् ।
सो क्रममा मन्त्री किरातीले राम्रो अध्ययन गरेर स्वदेश फर्किन आग्रह गरे । उनले भने, ‘अब पर्यटन विश्वविद्यालय चाँडै खोलिँदै छ, तपाईँहरूको आवश्यकता त्यहाँ पर्छ राम्रो अध्ययन गरेर आउनुहोला ।’
विद्यार्थीहरूले विदेशमा सिप सिक्नुका साथै आफ्नो देशको राम्रो सभ्यता समेत छाडेर आउने मन्त्री किरातीको विश्वास थियो । होटेल व्यवस्थापन तथा पर्यटन विषय अध्यापन गराउँदै आएको नाथमका विद्यार्थीहरूले फ्रान्सको १ सय ३० वर्ष पुरानो सेभोलेमा रहेका पर्यटन विश्वविद्यालयमा एक वर्ष इन्टर्नसिप गर्नेछन् ।
त्यस्तै फ्रान्सका विद्यार्थीहरूले नाथममा इन्टर्नसिप गर्नेछन् । फ्रान्सका विद्यार्थीहरू शुक्रवार नेपाल आउने नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले बताए । होटेल तथा पर्यटन सम्बन्धी अध्यापन र तालिम दिँदै आएको नाथमलाई नै पर्यटन विश्व विद्यालय बनाउन सरकार लागिपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण