लुम्बिनीमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं : एमाले
बुटवल । लुम्बिनी प्रदेशमा सत्ताबाट बाहिरिएको नेकपा एमालेले अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ ।
लुम्बिनीमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठुलो दलको हैसियतमा आफूले सरकार बनाउन पाउनुपर्ने माग गरेको एमालेले आज उपधारा २ अनुसार गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका डिल्ली प्रसाद चौधरीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि यस्तो प्रतिक्रिया दिएको हो ।
एमालेका प्रमुख सचेतक तुलसी चौधरीले नयाँ सरकारका राम्रा कामको समर्थन गर्ने र नराम्रा कामको विरोध गर्ने नीति अनुसार एमालेले सदनमा सशक्त भूमिका निर्वाह गर्ने बताए । उनले सरकार गठन गर्दा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३ मा नगएर फेरि उपधारा २ अन्तर्गतकै सरकार बनाउन भूमिका निर्वाह गरेको विषयमा संसद् कुरा उठाउने बताए ।
एमाले लोकतान्त्रिक विधि मान्ने पार्टी भएकाले अहिले गठन गरिएको सरकारका राम्रा र नराम्रा कामको हिसाब किताब सही ढङ्गले गर्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा चैत १२ गते एमालेका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन माओवादीसहित ६ दलले फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार ढलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
-
बनिरहेछ ‘मम’को सिक्वेल, मुख्य भूमिकामा खुसी कपुर
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण