उद्योग विभागमा कार्यरत शाखा अधिकृतसहित दुई कर्मचारी पक्राउ
बिहीबार, १४ वैशाख २०८०, २० : ३९

काठमाडौँ । उद्योग विभागमा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापा रहेका छन् ।
उनीहरुलाई बिहीबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
औद्योगिक सम्पत्ति शाखामा कार्यरत उनीहरुले ट्रेडमार्कमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीहरुको साथबाट स्रोत नखुलेको थप ३७ हजार रुपैयाँ समेत बरामद भएको दाहालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतमा प्रसाईँको दाबी : ‘चरीजस्तै मारिन्छु भन्ने थाहा पाएपछि ज्यान जोगाउन भारत भागेँ’
-
राजतन्त्र होइन उन्नत व्यवस्था खोजिरहेछन् जनता
-
भिजिट भिसामा विदेश गएकाहरूकाे विषयमा श्वेतपत्र सार्वजनिक गर्न माग
-
कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा
-
लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ
-
मनसुनजन्य विपद् प्रतिकार्यका लागि कृत्रिम अभ्यास