उद्योग विभागमा कार्यरत शाखा अधिकृतसहित दुई कर्मचारी पक्राउ
बिहीबार, १४ वैशाख २०८०, २० : ३९
काठमाडौँ । उद्योग विभागमा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापा रहेका छन् ।
उनीहरुलाई बिहीबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
औद्योगिक सम्पत्ति शाखामा कार्यरत उनीहरुले ट्रेडमार्कमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीहरुको साथबाट स्रोत नखुलेको थप ३७ हजार रुपैयाँ समेत बरामद भएको दाहालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण