कर्णालीका मुख्यमन्त्रीले आज तेस्रो पटक विश्वासको मत लिँदै
शुक्रबार, १५ वैशाख २०८०, १० : ००
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज सांसदबाट तेस्रो पटक विश्वासको मत लिँदैछन् ।
२७ चैत्रमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका शर्माले ६ माघमा पहिलो पटक सांसदबाट विश्वासको मत लिएका थिए ।
राप्रपाले समर्थन फिर्ता लिएपछि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले राप्रपा बाहेकका सबै दल र सांसदको मत पाएका थिए ।
एमालेले समर्थन फिर्ता लिएसँगै अघिल्लो बिहीबार कांग्रेससहितको नयाँ सरकारले पूर्णता पाएको छ ।
आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकमा शर्माले विश्वासको मत लिने तयारी रहेको बताइएको छ । साथै आज नै संसदीय समितिहरूले समेत पूर्णता पाउने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण