शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्रीले आज तेस्रो पटक विश्वासको मत लिँदै

शुक्रबार, १५ वैशाख २०८०, १० : ००
शुक्रबार, १५ वैशाख २०८०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज सांसदबाट तेस्रो पटक विश्वासको मत लिँदैछन् । 

२७ चैत्रमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका शर्माले ६ माघमा पहिलो पटक सांसदबाट विश्वासको मत लिएका थिए । 

राप्रपाले समर्थन फिर्ता लिएपछि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले राप्रपा बाहेकका सबै दल र सांसदको मत पाएका थिए । 

एमालेले समर्थन फिर्ता लिएसँगै अघिल्लो बिहीबार कांग्रेससहितको नयाँ सरकारले पूर्णता पाएको छ । 

आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकमा शर्माले विश्वासको मत लिने तयारी रहेको बताइएको छ । साथै आज नै संसदीय समितिहरूले समेत पूर्णता पाउने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप