शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

शुक्रबार, १५ वैशाख २०८०, १२ : ३७
शुक्रबार, १५ वैशाख २०८०

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ  लिएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन् । मुख्यमन्त्रीसँगै दुई मन्त्रीले पनि सपथ लिएका छन् । माओवादीबाट शुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले विना विभागीय मन्त्रीको सपथ लिएका हुन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पाण्डेलाई शपथ गराएका हुन् । बिहीबार प्रमुख गुरुङले  संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको  मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।   उनी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा बनेका छन् । सपथ लगत्तै पाण्डेले कार्यभार समाल्ने कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप