गण्डकी प्रदेश
गण्डकीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ
शुक्रबार, १५ वैशाख २०८०, १२ : ३७
पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन् । मुख्यमन्त्रीसँगै दुई मन्त्रीले पनि सपथ लिएका छन् । माओवादीबाट शुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले विना विभागीय मन्त्रीको सपथ लिएका हुन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पाण्डेलाई शपथ गराएका हुन् । बिहीबार प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा बनेका छन् । सपथ लगत्तै पाण्डेले कार्यभार समाल्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण