मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिब १३ सय मुद्दा फैसला
मकवानपुर । मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ ।
अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धबिच्छेद, चेक अनादर, अंश, लागुऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा सो अवधिमा फैसला भएको जनाइएको हो ।
अदालतले गत वर्षमा दायित्व सरेर आएका एक हजार दुई सय २० मुद्दा र नयाँ एक हजार पाँच सय आठ मुद्दा दर्ता भई कूल दुई हजार सात सय २८ मुद्दा रहेकामा त्यीमध्ये ४७ प्रतिशत मुद्दा फैसला भएको अदालतको एक तथ्याङ्कले जनाएको छ ।
श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले सरल मार्ग, सामान्य मार्ग, विशेष मार्ग र अन्य गरी चार भागमा प्रकृतिअनुसार मुद्दा विभाजन गरी फैसला गरिएको छ । सरल मार्गअन्तर्गत छ महिनासम्म रहेका मुद्दा, सामान्य मार्गमा एक वर्षसम्म रहेका मुद्दा, विशेष मार्गमा १८ महिनासम्म रहेका मुद्दा पर्छ भने अन्यमा फैसला हुन १८ महिनाभन्दा बढी समय लाग्ने मुद्दा पर्छ ।
अदालतमा रहेका एक हजार दुई सय ९७ मुद्दामध्ये सरल मार्गका तीन सय ३४ मुद्दा फैसला भएको छ । सामान्य मार्गका पाँच सय ६५ मुद्दा, विशेष मार्गका दुई सय २४ मुद्दा र अन्य एक सय ७४ मुद्दा फैसला भएको हो ।
साथै सरल मार्गका छ सय ६२ मुद्दा, सामान्य मार्गका चार सय ८२ मुद्दा, विशेष मार्गका एक सय ९० मुद्दा र अन्य ९५ मुद्दा फैसला हुन बाँकी रहेको उनले जानकारी दिए ।
गत सोमबार एकै दिन चार न्यायाधीशबाट १५ वटा मुद्दा फैसला भएको बताइएको छ । त्यसदिन ५६ वटा मुद्दाको पेशी भएकोमा २७ वटामा आदेश जारी भएको र १२ वटा मुद्दा स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण