शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धनका लागि प्रभातफेरी

शनिबार, १६ वैशाख २०८०, १० : १७
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज काठमाडौँमा 'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०' कार्यक्रम आयोजना गरेको छ ।

विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले प्रभातफेरी कार्यक्रमको शुभारम्भ गर्दै विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहनको निम्ति सरोकारवाला सबै पक्षलाई आह्वान गरे ।

दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिद गेट, जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी सङ्ग्रहालय,  नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैंकपरिसरमा पुगेर  समापन भएको थियो ।

कार्यक्रममा कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधिसँगै राष्ट्र बैंकका उच्च अधिकारी र कर्मचारीसहित छ सयभन्दा बढीको सहभागिता थियो ।

आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा यस वर्षलाई 'विद्युतीय भुक्तानी प्रवर्द्धन वर्ष' को रूपमा मनाउने घोषणा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप