विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धनका लागि प्रभातफेरी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज काठमाडौँमा 'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०' कार्यक्रम आयोजना गरेको छ ।
विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले प्रभातफेरी कार्यक्रमको शुभारम्भ गर्दै विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहनको निम्ति सरोकारवाला सबै पक्षलाई आह्वान गरे ।
दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिद गेट, जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी सङ्ग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैंकपरिसरमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधिसँगै राष्ट्र बैंकका उच्च अधिकारी र कर्मचारीसहित छ सयभन्दा बढीको सहभागिता थियो ।
आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा यस वर्षलाई 'विद्युतीय भुक्तानी प्रवर्द्धन वर्ष' को रूपमा मनाउने घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण