गरिबीका विरुद्ध एकजुट होऔँ
हरेक बिहान
दूधे बालकहरूको रोदनसँगै
बिउँझिन्छ गरिबी
हरेक साँझ मजदुर, किसानको
भोको पेटसँगै
निदाउँछ गरिबी
यो आउँछ
गाउँ बस्तीहरूमा
सारङ्गी पेट लिएर
र, भोकाएका बच्चाहरूको
घाँटी निमोठेर जान्छ ।
यो आउँछ
कोलाहल सहरका गल्लीहरूमा
र, रंगीन सपनाहरूको
जरा उखेलेर जान्छ ।
यो आउँछ
सबै स्थानमा कष्ट पीडा बोकेर
र, जान्छ रोग, भोक र शोक दिएर
यो आउँछ
अभाव र अन्तहीन विपत्ति बोकेर
र, जान्छ बिर्सिनै नसक्ने
अनिकालको मृत्यु दिएर
गरिबी एक विपत्ति हो
एक कठोर वास्तविकता पनि हो
यो विश्वले झेलेको छ वर्षौँदेखि
मानवता माथिको कालो दाग यो
जो समाजमा विद्यमान छ युगौँदेखि
विश्वलाई गरिबीबाट मुक्त गर्न
समृद्धिको आशा जगाउन
सामर्थ्यका साथ उठ्नुपर्छ
गरिबीका विरुद्ध संघर्षको
ढोका खोल्न जुट्नुपर्छ ।
विश्वका सबै राष्ट्र एक भएपछि
के हुँदैन र यहाँ ?
एउटा सानो कदमले त बदलिन्छ
मानिसको जिन्दगी
बदलिन्छ समाज
बदलिन्छ विश्व
आऔँ, सबै एकजुट भई लडौँ
गरिबीका विरुद्ध
बालौँ, मसाल गरिबीका विरुद्ध
बनाऔँ, योजना गरिबीका विरुद्ध ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण