जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै
जनकपुरधाम । जनकपुरधाममा आज जानकी नवमी एवं जानकी जन्मोत्सव धूमधामका साथ मनाइँदै छ । वैशाख शुक्ल नवमी अर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउने गरिन्छ । जानकी नवमीको अवसरमा बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरहरूमा पुजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरूको भीड लागेको छ ।
यस वर्ष सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुलही झैँ सिँगारिएको छ । सीताको जन्मोत्सवमा सहभागी हुन एवं पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरू जनकपुरधाममा आएका छन् । जन्मोत्सवको अवसरमा जानकी मन्दिरमा विविध कार्यक्रमहरूको आयोजना गरिएको मन्दिरका सहयोगी महन्त राम रोशन दास वैष्णवले जनाएका छन् । उनका अनुसार शनिवार मध्यान्ह जानकी मन्दिरमा प्राकट्य महोत्सवको आयोजना गरिएको छ ।
सो क्रममा विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रमहरू गरिने उनले बताए । भगवती सीता वैशाखको शुक्ल नवमीको मध्यान्हमा धरतीबाट प्राकट्य भएको धर्मग्रन्थहरूमा गरिएको वर्णन र जानकी मन्दिरको चलनलाई निरन्तरता दिँदै कार्यक्रमहरूको आयोजना गरिँदै आएको महन्त रामतपेश्वर दास वैष्णवले बताए । जानकी मन्दिरमा धार्मिक प्रवचनको आयोजना गरिएको छ ।
यस्तै नगरवासीलाई साँझ दीप प्रज्वलन गर्न जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरेको छ । मिथिलामा अनिकाल परेका बेला राजा जनकले हलो जोत्न लाग्दा पृथ्वीबाट जानकी प्रकट भएको रामायणमा वर्णन गरिएको छ । जनकपुरधामको महत्त्वबारे वेद, पुराणमा समेत वर्णन गरिएको पाइन्छ । तर रामायणको मुख्य पात्र र स्थलको रूपमा जनकपुरधाम, राजा जनक र जानकीको वर्णन गरिएको छ । केही वर्ष पूर्वसम्म परम्परागत रूपमा मनाइने जानकी नवमीलाई विशेष रूपमा मनाउन थालिएपछि जनकपुरधाममा धार्मिक पर्यटकहरूको संख्यामा समेत भारी वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण