छोटे राजाहरु खोकी लाग्दैमा विदेश जान थाले : डा.प्रकाशचन्द्र लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा।प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश भएको बताएका छन् । शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका पूर्वअध्यक्ष लोहनीले नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको आरोप लगाएका हुन् ।
लोहनीले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए । उनले भने, ‘हाम्रो राज्यले नेपालमा नै उपचार हुनसक्ने थुप्रै मान्छेहरुलाई नेपालका छोटे राजाहरु भन्नुस् न, छोटे राजालाई करोडौँ करोड खर्च गरेर, विदेशमा उपचारका लागि पठाउन सक्ने, तर करोडौँ नेपालीको आर्थिक अवस्था माथि उठाउन आविष्कारमा लगानी बढाऔँ भनेर हिँडेको व्यक्ति र संस्थालाई वास्ता नगर्ने भनेको वैज्ञानिक समाजवाद यही हो ? जनतासँग प्रतिबद्ध राज्य भनेको यही हो ?’
‘अहिलेको राज्यसत्ता मुलतः केही सानो जमातको हीतको लागि मात्रै भयो । नेपाललाई माथि लैजान प्रविधिको विकास बिना सम्भव छैन । खोकी लाग्यो भने बेलायत, अमेरिका र भारत जाने, करोडौँ खर्च गर्न जाने, नेपालीको स्तर उकास्त काम गर्न नदिने यही वैज्ञानिक समाजवाद । यो सत्ताको लुछाचुँडी र धनवादीहरुको प्रवेश भएको छ,’ उनले थपे ।
पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौँ रुपैयाँ छुट्याउनसक्ने सरकारले आविष्कार प्रवद्र्धनका लागि बजेट छुट्याउन सक्दिनँ भन्नु नाटक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण