राज्यको नीति–निर्माण तहमा महिलाको प्रतिनिधित्व थप वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
अखिल नेपाल महिला सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा उनले मुलुकमा समाजवादी व्यवस्था स्थापना गरेर मात्रै समाजको दमन, शोषण, भ्रष्टाचार समाप्त हुने बताउँदै समाजमा देखिएका अनैतिकता समाप्त हुने बताए ।
अध्यक्ष नेपालले आफ्ना पार्टीका सङ्गठनको चरित्र समाजवादी चरित्र भएको बताउँदै जनताले चाहेको विकास र समृद्धिको चाहना पूरा गर्न समाजवादी शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए ।
ठोस कार्यदिशाका साथ पार्टी निकट सबै जनवर्गीय सङ्गठनलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा महिला वर्गको उल्लेखनीय सहभागिता रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको नीति–निर्माण तहमा पनि उनीहरूको प्रतिनिधित्व थप वृद्धि गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण