कपन घटना : निराको हत्यामा संलग्न आरोपी झापाबाट पक्राउ
काठमाडौँ । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।
हत्यामा संलग्न आरोपमा विनोद विकलाई पक्राउ गरिएको अनुसन्धान समितिका एकजना सदस्यले रातोपाटीलाई बताए । अनुसन्धानमा संलग्न ती अधिकृतकाअनुसार विनोद झापा, धुलाबारीका बासिन्दा हुन् । आरोपीको विस्तृत विवरण खुलिसकेको छैन । घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।
वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।
हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गरिरहेको छ ।
निराले चलाएको ‘निरु किचेन’ बाट करिब ३ सय मिटर पर उनका पति योगेन्द्र आचार्यले इलेक्ट्रिक सामग्री पसल चलाएका छन् । योगेन्द्र र निराकी १० वर्षीया छोरी छिन् । राजधानी काठमाडौंमै भएको विभत्स हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले शुक्राबार एआईजीको नेतृत्वमा समिति बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण