सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
आइतबार, १७ वैशाख २०८०, १० : ५२
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि आएको हो । सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि आएसँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार २०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम थियो । सुनको मूल्यमा सामान्य वृद्धि आएको दिन चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढ्दै चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण