हुम्लाका बाह्र सय घरधुरी विद्युत्को पहुँचमा
हुम्ला । हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका एक हजार दुई सय घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् । टुकी बाल्दै आएका स्थानीयका लागि विद्युत् आयोजना र सोलार मिनिग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युतीकरणको पहुँचमा जोडिएका हुन् ।
ताँजकोटमा भएका कूल एक हजार दुई सय घरधुरी पूर्णरूपमा विद्युतिकरणको पहुँचमा जोडिएका हुन् । जिल्लाका सात स्थानीय तहमध्ये सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको ताँजाकोट पहिलो भएको छ । गाउँपालिकामा एउटा विद्युत् आयोजना र चार स्थानमा सोलार मिनिग्रिट निर्माण भएर विद्युत उत्पादन भई आपूर्ति भएपछि सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।
त्यसमा आठ सय ५० घुरधुरी जलविद्युत्को पहुँचमा जोडिएको र तीन सय ५० घरधुरी सोलारको विद्युत्मा जोडिएका हुन् । रु आठ करोड लागतमा कर्पुखोला जलविद्युत् आयोजनाको एक सय १० किलोवाट विद्युत् उत्पादन भएको छ भने रु आठ करोड १६ लाख लागतमा चार स्थान गोठेलवाडा, ची, मदाना र सिरुपाटामा स्थापना भएका सोलार मिनिग्रिडबाट एक सय २५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको छ ।
त्यसैगरी वडा नम्बर १ र ३ मा सोलार वितरण गरिएको छ । उत्पादित विद्युत्ले गाउँपालिकाका सबै घरधुरीमा चौबिसै घण्टा विद्युत् प्रयोग गर्न सेवाग्राहीलाई सहज भएको छ । पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयलाई विद्युत् आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको छ । विद्युत् आपूर्ति भएपछि फर्निचरलगायत उद्योगसमेत स्थापना भएर सञ्चालनमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण