सङ्कट आउन नदिन उद्योगीहरूको सहयोग आवश्यक : मन्त्री रिजाल
आइतबार, १७ वैशाख २०८०, १८ : ५२
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा सङ्कट आउन नदिन उद्योगीहरूको सहयोगको आवश्यकता रहेको बताएका छन् ।
आइतबार मन्त्रालयमा बैङ्क तथा वित्तीय संस्था परिसंघको टोलीसँगको भेटमा मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
अध्यक्ष पवन गोल्यानको नेतृत्वमा परिसंघको टोलीले उद्योग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो ।
बैङ्क तथा वित्तीय क्षेत्रमा धेरै पैसा लक भएको भन्दै टोलीले मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरिदिन आग्रह गरेको थियो । टोलीले उक्त रकम उद्योग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण