तीन हजार मुक्तकमैया धनगढीमा भेला
धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका ३ हजार बढी मुक्तकमैया धनगढीमा भेला भएका छन् । मुक्तकमैया पुनस्र्थापना लगायतका मागलाई सरकारले बेवास्ता गरेको भन्दै आन्दोलित उनीहरु आज धनगढीमा भेला भएका हुन् । उनीहरुले वैशाख १४ गतेदेखि मुक्तकमैया, बुक्रही र कमलरीको न्यायिक पुनस्र्थापनाको माग राख्दै अधिकार यात्रा सुरु गरेका थिए । सो अभियान अन्तर्गत उनीहरु धनगढीमा भेला भएका हुन् ।
मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीका अनुसार कैलाली र कञ्चनपुर जिल्लाका १५१ वटा शिविरबाट उनीहरु धनगढी आएका छन् । जसमा कैलालीका १२५ र कञ्चनपुर जिल्लाका २६ वटा शिविर कमैया सहभागी छन् । आज गेटा एयरपोर्टस्थित मुक्तकमैया शिविरबाट धनगढी चौराहासम्म अधिकारका लागि साइकल यात्रा हुने र चौराहादेखि धनगढी हाटबजारसम्म र्याली हुने बताइएको छ ।

आजै मुक्तकमैया समाजको प्रथम प्रदेश सम्मेलन पनि उद्घाटन हुने भएको छ । सम्मेलनले नेतृत्व चयनसहित आगामी एजेण्डा तय गर्ने जनाइएको छ । सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो भने २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । सरकारी तथ्यांकअनुसार कञ्चनपुरमा सबै मुक्तकमैया पुनस्र्थापना भएको देखिन्छ भने कैलालीमा ३८० जनाले जग्गा प्राप्त गर्न नसकेको देखिएको छ । तर समाजको तथ्यांकअनुसार कैलालीमा ९५३ र कञ्चनपुरका १२९ जना गरी १ हजार ८२ जना मुक्तकमैयाको अझै पुनस्र्थापना हुन बाँकी रहेको छ ।
समाजको तथ्यांक अनुसार सुदूरपश्चिममा १२ हजार ९ सय २४ मुक्तकमैया परिवार पुनस्र्थापित भएका छन् । त्यस्तै, भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ५०८ कमलरीको तथ्यांक संकलन गरेकोमा १ हजार १५८ जनाले परिचय पत्र पाएका छन् । सुदूरपश्चिममा अझै १ हजार ७३५ मुक्तकमलरीहरु परिचयपत्र पाउनबाट छुटेको मुक्त कमलहरी विकास मञ्चले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण