शुक्रबारसम्म सरकारबारे पर्ख र हेरको नीतिमा रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबारे पर्ख र हेरको नीतिमा देखिएको छ ।
रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उनका अनुसार पार्टीले यसबारे शुक्रबार ठोस निर्णय गर्नेछ । ‘पार्टी कि त प्रतिपक्षमा बस्छ कि त सरकारमा जान्छ । पार्टी सरकारमा जाने या प्रतिपक्षमा बस्नेबारे शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकले निर्णय गर्नेछ’, ढकालले भने ।
रास्वपाले सरकारमा जानका लागि आफ्नो शर्त पुरा हुनुपर्ने अडान लिँदै आएको छ । त्यसका लागि शुक्रबारसम्म पर्खिएर आवश्यक निर्णय लिइने भएको हो ।
रास्वपाका सभापति रवि लामिछानेले सरकारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल थालिसकेका छन् । उनले आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो माग सम्बोधन भएमा सरकारमा सहभागी हुन सकिने जनाउ दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले पनि माग पुरा गर्न सकारात्मक जवाफ दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण