गृह मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी भए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नीति तथा कार्यक्रम पुर्नलेखन गर्न र गृहमन्त्रालय आफ्नो पार्टीलाई दिन तयार रहेको बताएको छ । सोमबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकपछि आयोजित प्रेस मिटमा प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय रास्वपालाई दिन र नीति तथा कार्यक्रम पुर्नलेखन गर्न तयार रहेको बताएका हुन् ।
‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई साविकका मन्त्रलाय र नीति तथा कार्यक्रम पुर्नलेखन गर्न मञ्जुर छु भन्नुभएको छ’, प्रवक्ता ढकालले भने, ‘प्रधानमन्त्रीले यति भनिसकेकाले अब पार्टीले सरकारमा जाने वा नजाने भन्ने निर्णय मात्र गर्ने हो ।’
रास्वपाले आगामी शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकले गर्ने निर्णयका आधारमा सरकारमा जाननजाने निर्णय गर्नेछ । त्यसअघि आजै बस्ने संसदीय दलको बैठकमा सरकारमा सहभागी हुँदा र नहुँदाका फाइदा र वेफाइदाका बारेमा धारणा राख्ने छन् । सोही धारणाका आधारमा सरकारबारे निर्णय गर्ने रास्वपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण