सरकारमा जान रास्वपा सकारात्मक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जान सकारात्मक देखिएको छ । रास्वपा केन्द्रीय समिति बैठकले सरकारका विषयमा कुनै निर्णय नगरी शुक्रबारसम्मको भाका राखेर पर्ख र हेरको नीति लिएको हो ।
गृहसहित तीन मन्त्रालय र साझा न्यूनतम कार्यक्रम पुर्नलेखन भए सरकारमा जान सकिने रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘सरकारका विषयमा अझ राम्रोसँग बुझौं । समय लिएर विश्लेषण गरेर निर्णयमा पुगौं । सरकारमा विषयमा हतारमा निर्णय गर्नुहुँदैन भन्ने भयो’ कार्कीले भने, ‘साझा न्यूनतम कार्यक्रममा हाम्रा एजेण्डाहरु हटाएको छ । हामीलाई दिने भनिएको मन्त्रालयमा समेत हस्तक्षेप भएका छन् । ती सबै हुने सुनिश्चित भए सरकार जान सकिन्छ ।’
गठबन्धनका नेताहरु साझा न्यूनतम कार्यक्रम कसरी पुर्नलेखन गर्न तयार हुनुहुन्छ त्यसैमा धेरै विषय निर्भर हुने कार्कीले बताए ।
सरकार पाँचै वर्ष जाने सुनिश्चित हुनुपर्ने रास्वपाको अडान छ । रास्वपाले हतारिएर सरकारमा जानेभन्दा गठबन्धनको आन्तरिक कुराहरु के के छन् भन्ने विषयलाई राम्रोगरी बुझ्ने नीति लिएको छ । सत्तामा जाने विषयलाई मात्रै प्रधान नबनाउन नेताहरुले समेत सुझाव दिएका छन् ।
आइतबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेसहित केही शीर्ष नेताहरुले परिस्थितिको विश्लेषण गरेका थिए । आफूलाई लागेको विषयमा अरू केन्द्रीय सदस्यले एक एकगरी सुझाव राखेका छन् । सबै केन्द्रीय सदस्यलाई धारणा राख्न दिने भनिएपनि अन्तिममा केही नेताहरुले मात्रै विश्लेषण गरेर सरकारका विषयमा निर्णय गर्न शुक्रबार बैठक सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण