बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

मङ्गलबार, १९ वैशाख २०८०, ०६ : ४२
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन् । अहिले बिना विभागीय मन्त्रीका रूपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी छन् ।

प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा ८ दल सहभागी छन् । गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको सङ्ख्या थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने बाध्यता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप