बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

धादिङमा भासिएको पुल अझै बनेन,  एकतर्फी भए पनि सडक खोल्ने तयारी

मङ्गलबार, १९ वैशाख २०८०, ०७ : ५८
मङ्गलबार, १९ वैशाख २०८०

धादिङ । धादिङको गणेश खोलाको पुल अझै मर्मत सम्पन्न हुन सकेको छैन । हिजोदेखि भासिएको पुल मर्मत हुन नसक्दा १८ घण्टादेखि सडक अवरुद्ध छ ।

अपराह्न १२ बजे भन्दा अगाडि कम्तीमा एकतर्फी भए पनि बाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए । ‘१२ बजेसम्म कम्तीमा एकतर्फी भए पनि खुलाउने गरी पुलको मर्मत भइरहेको छ’ उनले भने । 

१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा हजारौँ सवारी साधन हिजोदेखि अलपत्र छन् । यद्धपी, गल्छी–नुवाकोट काठमाडौँ र हेटौडा हुँदै बाहिरिनका लागि त्रिभुवन राजमार्ग गरी दुईवटा वैकल्पिक बाटोबाट सवारी साधनलाई काठमाडौँ भित्राउने र काठमाडौँ बाहिरबाट अन्यत्र पठाउने कार्य भने जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप