धादिङमा भासिएको पुल अझै बनेन, एकतर्फी भए पनि सडक खोल्ने तयारी
मङ्गलबार, १९ वैशाख २०८०, ०७ : ५८
धादिङ । धादिङको गणेश खोलाको पुल अझै मर्मत सम्पन्न हुन सकेको छैन । हिजोदेखि भासिएको पुल मर्मत हुन नसक्दा १८ घण्टादेखि सडक अवरुद्ध छ ।
अपराह्न १२ बजे भन्दा अगाडि कम्तीमा एकतर्फी भए पनि बाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए । ‘१२ बजेसम्म कम्तीमा एकतर्फी भए पनि खुलाउने गरी पुलको मर्मत भइरहेको छ’ उनले भने ।
१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा हजारौँ सवारी साधन हिजोदेखि अलपत्र छन् । यद्धपी, गल्छी–नुवाकोट काठमाडौँ र हेटौडा हुँदै बाहिरिनका लागि त्रिभुवन राजमार्ग गरी दुईवटा वैकल्पिक बाटोबाट सवारी साधनलाई काठमाडौँ भित्राउने र काठमाडौँ बाहिरबाट अन्यत्र पठाउने कार्य भने जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण