काँडाघारी घटना : रहस्यमय बन्यो १ करोड १० लाख चोरी, प्रहरीले भेट्टाएन क्लु
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पुष्पा गुरुङको घरमा भएको चोरी रहस्यमय बन्दै गएको छ । वैशाख १५ मा मान्छे नभएको मौकामा १ करोड १० लाख रुपैयाँ बराबरको सुन, अमेरिकी डलर र नेपाली रुपैयाँ चोरी भएको पीडितले प्रहरीलाई जानकारी गराएकी छन् ।
पुष्पा दुई महिनाअघि अमेरिकाबाट नेपाल फर्केकी थिइन् । अमेरिकाबाट फर्किँदा ल्याएको ३० हजार अमेरिकी डलर चोरी भएको छ । प्रहरी वृत्त बानेश्वरमा पुष्पाले डलर र नेपाली रुपैयाँसहित ६० लाख नगद र ६६ तोला सुन चोरी भएको उजुरी गरेकी छिन् ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेका छन् । चोरीमा संलग्नबारे अहिलेसम्म कुनै क्लु फेला नपरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । राठौरले भने, ‘अनुसन्धान भइरहेको छ, अहिलेसम्म कुनै क्लु भेटिएको छैन ।’
वैशाख १५ मा बिहान ११ बजे खाना खाएर घरधनी कोटेश्वर आएकी थिइन् । उनी घर फर्किँदा राति साढे ९ बजेको थियो । घर पुग्दा ढोकाको इन्टरलक समेत फुटाएर नगद र गहना चोरी भएको देखेपछि उनले प्रहरीलाई खबर गरिन् ।
साढे २ तलाको घरमा दुई तला भाडामा लागेको थियो । माथिल्लो तलामा पुष्पा बस्थिन् । बिहान ११ बजेबाट राति साढे ९ बजेको बिचमा चोरले ढुक्कसँग चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्,‘चोरले ढुक्कसँग चोरी गरेको देखिन्छ ।’
पुष्पा व्यवसाय गर्न भनेर दिनभर कोटेश्वर आसपासमा होटलको खोजीमा जुटेकी थिइन् । पुष्पा करिब १० वर्ष अमेरिका बसेर नेपाल फर्केकी हुन् ।
घटना कागेश्वरी मनोहरा नागरपालिका–९ स्थित मेडिकल चोकको हो । सो घर र आसपासमा सिसिटिभी नभएको हुनाले अनुसन्धान असहज भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण