प्रशिक्षकले भन्नुभएजस्तै मैले आफ्नो ‘स्ट्रेन्थ’मा खेलेँ : गुल्सन झा
मङ्गलबार, १९ वैशाख २०८०, १२ : ३३
काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा ‘प्लेअर अफ द म्याच’ बनेका गुल्सन झाले आजको खेलमा आफूले प्रशिक्षक मोन्टी देसाईको सुझाव अनुसार आफ्नो स्ट्रेन्थमा खेलेको बताएका छन् । झाले ८४ बलमा ६७ रन बनाएपछि नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।
अवार्ड लिँदै झाले भने, ‘प्रशिक्षकले आफ्नो स्ट्रेन्थमा खेल्नु भन्नुभएको थियो । मैले त्यही सोचेर खेले । प्रशिक्षकले तिमी माथिल्लो क्रममा खेल्न सक्छौ भन्नु भयो । प्रशिक्षकले नै हौसला बढाएपछि खेलका लागि म तयार थिएँ ।’
यूएईलाई हराउँदै नेपालले यो वर्ष पाकिस्तानमा हुने एसिया कपमा स्थान पक्का गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण