शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ

मङ्गलबार, १९ वैशाख २०८०, १३ : ४४
मङ्गलबार, १९ वैशाख २०८०

पर्सा । पर्सामा एकजना भारतीय नागरिक  स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका छन् ।  वीरगंज महागरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५ थान र ५० थानका १४ थान नोटसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप