स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ
मङ्गलबार, १९ वैशाख २०८०, १३ : ४४
पर्सा । पर्सामा एकजना भारतीय नागरिक स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । वीरगंज महागरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५ थान र ५० थानका १४ थान नोटसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण