एमालेलाई बदनाम गर्न महालेखा पछि लाग्यो : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महालेखा नेकपा एमालेलाई बदनाम गर्न एमालेको पछि लागेको आोरोप लगाएका छछन् ।
मंगलबार ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गरेको विकास नदेख्ने सवै तत्वहरु विरोधमा उत्रेको बताएका हुन् । उनले महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा झापाको दमकमा बनाएको भ्यु टावर किन बनाएको भनेर लेखेको भन्दै आपत्ति समेत जनाए ।
‘हाम्राविरुद्ध प्रतिकृयावादी तत्वले हमला गरेको छ, जनतामा भ्रम फिजाउने काम गरेको छ’, अध्यक्ष ओलीले भने, ‘महालेखा परीक्षकको प्रतिवेदन हेर्दा म छक्क परेँ, हिसावकिताव होइन, दमकमा एउटा विशाल विजनेश कम्प्लेक्स बनाइएको छ । साढे ७ रोपनी जमिनमा १८ तला भवन बनेको छ ।’
उनले धरहराजतिको अग्लो, ४५ मिटर मुनिबाट जग खनेर बनाएको उक्त टावर गजुर राख्दा एकसय मिटर हुने तर त्यसमा अनेकन व्यापार विजनेश गर्न सकिने भएपनि त्यसलाई महालेखाले किन बनाएको भनेर प्रश्न गरेको भन्दै आपत्ति जनाएका हुन् । ‘त्यहाँ मेडिकल कलेज चलाउने हो भने अट्छ, क्याम्पस चलाउने हो भने दुईवटा चलाउन सकिन्छ । तर महालेखा परीक्षक हिसाब हेर्ने होइन बरु हिसाब नगरी त्यत्रो पैसा लगानी गरेर भवन बनाउने हो ? यो गलत हो भन्छ’, ओलीको भनाइ छ ।
उनले महालेखाले सरकारले कुन काम गर्छ भनेर हेर्र्ने नभई हिसाब गर्नेमात्र भएको बताए । ‘सरकारले कुन काम गर्छ ? कुन योजना बनाउछ, कसरी विकास गर्छ ? भन्ने महालेखा परीक्षकको काम होइन, हिसाबमात्र हेर्ने काम हो । पण्डित त हिसाब हेर्न छोडेर एमालेकाविरुद्ध पछिपछि पो लागेछन् । यो भन्दा अघि पनि त्यसै गरेका छन् । एमालेविरोधी तत्त्व जसरी हुन्छ एमालेको बदनाम र विरोध गर्छ’, ओलीले आक्रोश पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण