कानेपोखरी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा भ्रष्टाचार भएको आरोप लगाउँदै अध्यक्ष राजमती इङ्नामको कार्यकक्षमा स्थानीय एमाले कार्यकर्ताले तालाबन्दी गरेका छन् । उनीहरुले वडा नम्बर ८ को वडाध्यक्ष खड्गबहादुर बस्नेतको कार्यकक्षमा पनि तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ । निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्षको कार्यालयमा तालाबन्दी गरिएको स्थानीय नवीन पौडेलले बताए । उनी एमाले मोरङका जिल्ला सदस्य हुन् । पौडेलसहित ३ सय एमाले कार्यकर्ताले हिजो राजीनामाको घोषणा गरेका थिए ।
गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष तथा ६ वटा वडाध्यक्ष एमालेले नै जितेको छ । ‘सेवाग्राहीलाई सेवा प्रभावमा कुनै पनि कठिनाइ नहुने तरिकाले हामी आन्दोलनमा उत्रिएका हौँ,’ उनले भने, ‘कानेपोखरी गाउँपालिको स्थानीय सरकार विधि र प्रक्रियामा चल्नुपर्ने हो । तर, चलेको पाइएन । त्यही भएर तालाबन्दी गरिएको हो ।’
गाउँपालिकाले प्रशासनिक भवन बनाउन भनेर तत्कालीन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले अध्यक्ष रहेको बेलामा गाउँपालिकाले कानेपोखरी–५ मा खरिद गरेको १ बिगाहा जग्गामा १ करोड ३४ लाख रुपैयाँ बढी मूल्य हालेर जग्गा खरिद गरेको पाइएको छ ।
कम मूल्यमा जग्गा विक्री गर्ने निवेदकलाई पाखा लगाएर पालिकाले कानेपोखरी गाउँपालिका वडा नं. ५ मा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले २० कठ्ठा (१ बिघा) जग्गा २ करोड ५ लाखमा २०७८ असार २३ गते खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण