विश्वमा बढेको द्वन्द्वका कारण बुद्धका सन्देश सान्दर्भिक–अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण पनि गौतम बुद्धका सन्देशहरू महत्त्वपूर्ण हुँदै गएको बताएका छन् ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनलाई सम्मानित गर्ने विशेष कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू शान्ति स्थापनाका लागि अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएको बताए ।
‘गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढ्दो छन्,’ उनले भने विश्वभर बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएका छन् ।’
नेपाल शान्ति प्रक्रियाको अन्तिम चरणमा रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले द्वन्द्वलाई परास्त पार्दै नेपाल शान्ति र समृद्धिको बाटोमा लम्केको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण