आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोका–कोलाद्वारा ‘युथ डायलोग’ कार्यक्रम आयोजना

मङ्गलबार, १९ वैशाख २०८०, २० : १३
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । कोका–कोलाले ‘युथ डायलोग’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्यानलिस्टका रुपमा सृष्टि केसी (ब्लाइन्ड रक्सका संस्थापक/अध्यक्ष), सम्पदा मल्ल (मिडिया व्यक्तित्व, लेखक, फिल्म निर्माता) र किरण नेपाली (प्रसिद्ध ब्याण्ड ’कुटुम्ब’का सदस्य तथा ’प्रोजेक्ट सारंगी’ का गुरु) को उपस्थिति रहेको थियो । 

‘युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करियर रहेको थियो । उक्त विषयमा उनीहरूले  आफ्ना व्यक्तिगत सीप र कौशललाई प्रयोग गरेर नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवसरको सिर्जना सकिन्छ भन्ने बारेमा बहस भएको थियो । २०० भन्दा धेरै विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्दै, उत्साह र प्रेरणादायक सल्लाह प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप