गुजरातमाथि दिल्लीको रोमाञ्चक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । आईपीएल अंक तालिकामा दिल्ली सबैभन्दा तल र गुजरात सबैभन्दा माथि रहेको टोली हो ।
गुजरातको घरेलु मैदानमा भएको उक्त खेलमा दिल्लीले पहिलो ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बलियो गुजरातले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २५ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा दिल्लीको यो तेस्रो जित हो भने गुजरातको तेस्रो हार हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि अमन हकिम खानले सर्वाधिक ५१ रनको योगदान गरेका थिए । उनले ४४ बलको सामना गरी ३ छक्का र ३ चौका हिर्काएका थिए । खराब सुरुआत गरेको दिल्लीले केवल २३ रनको कुल स्कोरमा आफ्ना ५ जना प्रभावशाली ब्याट्सम्यान गुमाएको थियो ।
गुजरातका बलर मोहम्मद शामी दिल्लीका ब्याट्सम्यानका लागि घातक बनेका थिए । उनले केवल ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिएका थिए । अमन हकिम खानले अक्षर पटेलसँग ५० रनको साझेदारी गरेका थिए । अक्षरले पनि २७ रन बनाएका थिए । रिपाल पटेलले २३ रनको योगदान गरे । गुजरातका लागि शामीका अतिरिक्त मोहित शर्माले २ तथा रासिद खानले १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको गुजरातका लागि भने कप्तान हार्किद पाण्डेयले अविजित सर्वाधिक ५९ रन बनाए । उनले ५३ बलको सामना गरी ७ चौका प्रहार गरे । अभिनव मनोहरले पनि २६ रन जोडे । राहुल तेवाटियाले २० रन बनाए । गजुरातलाई जितसम्म पुग्न नदिन दिल्लीका बलर खलिल अहमद र इशान्त शर्माले २÷२ विकेट लिए । एनरिक नोर्जे र कुलदिप यादवले १-१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण