रविका चालकको मृत्युबारे टिप्पणी गर्दा महेश बस्नेतको आलोचना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका चालक शम्भु थापाको मंगलबार उपचारका क्रममा निधन भयो । चितवनस्थित लामिछानेको निवासको छतबाट खसेर गम्भीर घाइते भएका उनको राजधानीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
रविका चालकको निधनपछि पाटन अस्पतालमा पोस्टमार्टम गराइएको छ । तर, पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन । तर, एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले थापाको हत्या भएको हुनसक्ने आशंकासहितको टिप्पणी गरेपछि उनको आलोचना भएको छ ।
उनले मंगलबार नै सामाजिक सञ्जालमा भनेका थिए, ‘रविजीको ड्राइभर शम्भु भाइको हत्या भएको नहोस् । आत्महत्या भएको होस्् । कसैले आत्महत्या दुरुत्साहन नगरेको होस् । अझ दुर्घटना भएको होस् । गुड लक रवीजी र रास्वपा । हार्दिक श्रद्धाञ्जली शम्भु थापा भाइ ।’
बस्नेतको यो टिप्पणीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका हुन् । बस्नेतले मृत्युबारे राजनीति र असंवेदनशील टिप्पणी गरेको भन्दै आलोचना भएको हो ।
बस्नेतले फेसबुकमै पनि उनको आलोचनासहित हजारौँ प्रतिक्रिया आएका छन् ।
यसैबीच लामिछानेका चालक थापाको बुधबार अन्त्येष्टि गरिँदैछ । सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसेपछि हेलिकप्टरबाट राजधानी ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण