सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रविका चालकको मृत्युबारे टिप्पणी गर्दा महेश बस्नेतको आलोचना

बुधबार, २० वैशाख २०८०, ११ : ५६
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका चालक शम्भु थापाको मंगलबार उपचारका क्रममा निधन भयो । चितवनस्थित लामिछानेको निवासको छतबाट खसेर गम्भीर घाइते भएका उनको राजधानीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

रविका चालकको निधनपछि पाटन अस्पतालमा पोस्टमार्टम गराइएको छ । तर, पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन । तर, एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले थापाको हत्या भएको हुनसक्ने आशंकासहितको टिप्पणी गरेपछि उनको आलोचना भएको छ । 

उनले मंगलबार नै सामाजिक सञ्जालमा भनेका थिए, ‘रविजीको ड्राइभर शम्भु भाइको हत्या भएको नहोस् । आत्महत्या भएको होस्् । कसैले आत्महत्या दुरुत्साहन नगरेको होस् । अझ दुर्घटना भएको होस् । गुड लक रवीजी र रास्वपा । हार्दिक श्रद्धाञ्जली शम्भु थापा भाइ ।’ 

बस्नेतको यो टिप्पणीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका हुन् । बस्नेतले मृत्युबारे राजनीति र असंवेदनशील टिप्पणी गरेको भन्दै आलोचना भएको हो । 
बस्नेतले फेसबुकमै पनि उनको आलोचनासहित हजारौँ प्रतिक्रिया आएका छन् ।

यसैबीच लामिछानेका चालक थापाको बुधबार अन्त्येष्टि गरिँदैछ । सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसेपछि हेलिकप्टरबाट राजधानी ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो ।

mayesh

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप