अनुमति नलिई तथा नवीकरण नगरी सञ्चालनमा रहेका एम्बुलेन्सलाई रोक लगाइने
काठमाडौँ । सरकारले अनुमति नलिई तथा नवीकरण नगरी सञ्चालन भएका एम्बुलेन्सलाई रोक लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै अनुमति नलिई सञ्चालन भएका एम्बुलेन्सलाई सूचना जारी भएको ३५ दिनभित्र नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्जालमा आबद्ध हुन आग्रह गरेको हो ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा ७ मा एम्बुलेन्स सञ्चालन अनुमति तथा दफा ९ मा हरेक दुई–दुई वर्षमा सञ्चालन अनुमति नवीकरण गर्नुपर्ने व्यवस्था भएकोमा कतिपय एम्बुलेन्स सञ्चालकहरूले सञ्चालन अनुमति एवम् नवीकरण नगरी सञ्चालन गरेको पाएको सूचनामा उल्लेख गरिएको छ । ‘उक्त अवधिमा सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५३ बमोजिम कारबाही हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ,’ सूचनामा उल्लेख छ । देशभरि रहेका एम्बुलेन्सहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गरी छिटो, छरितो रूपमा बिरामी वा घाइतेलाई अस्पताल पुर्याउने उद्देश्यले स्वास्थ्य संस्थाद्वारा मात्र एम्बुलेन्स सञ्चालन व्यवस्थाको मापदण्ड बनाई मन्त्रालयले कार्यान्वयनमा ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण