शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अनुमति नलिई तथा नवीकरण नगरी सञ्चालनमा रहेका एम्बुलेन्सलाई रोक लगाइने

बुधबार, २० वैशाख २०८०, १२ : २४
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । सरकारले अनुमति नलिई तथा नवीकरण नगरी सञ्चालन भएका एम्बुलेन्सलाई रोक लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै अनुमति नलिई सञ्चालन भएका एम्बुलेन्सलाई सूचना जारी भएको ३५ दिनभित्र नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्जालमा आबद्ध हुन आग्रह गरेको हो ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा ७ मा एम्बुलेन्स सञ्चालन अनुमति तथा दफा ९ मा हरेक दुई–दुई वर्षमा सञ्चालन अनुमति नवीकरण गर्नुपर्ने व्यवस्था भएकोमा कतिपय एम्बुलेन्स सञ्चालकहरूले सञ्चालन अनुमति एवम् नवीकरण नगरी सञ्चालन गरेको पाएको सूचनामा उल्लेख गरिएको छ । ‘उक्त अवधिमा सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५३ बमोजिम कारबाही हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ,’ सूचनामा उल्लेख छ ।  देशभरि रहेका एम्बुलेन्सहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गरी छिटो, छरितो रूपमा बिरामी वा घाइतेलाई अस्पताल पुर्‍याउने उद्देश्यले स्वास्थ्य संस्थाद्वारा मात्र एम्बुलेन्स सञ्चालन व्यवस्थाको मापदण्ड बनाई मन्त्रालयले कार्यान्वयनमा ल्याएको छ । 

342893418_253234253786542_6324235675535127897_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप