बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

हराइरहेका अस्ट्रेलियाली नागरिकको अवशेष गोहीको शरीरभित्र भेटियाे

बुधबार, २० वैशाख २०८०, १५ : १५
बुधबार, २० वैशाख २०८०

साथीहरूसँग माछा मार्ने क्रममा बेपत्ता भएका एक अस्ट्रेलियाली व्यक्तिको अवशेष गोहीभित्र फेला परेको छ । ६५ वर्षीय केभिन डार्मोडीलाई शनिवार उत्तरी क्वीन्सल्याण्डको दुर्गम भागमा रहेको गोहीको वासस्थान – केनेडिज बेन्डमा अन्तिम पटक देखिएको थियो ।

दुई दिनको खोजी अभियान पछि प्रहरीले दुई वटा ठुला गोहीलाई मारे । अनुसन्धान गर्दा त्यसभित्र मानव अवशेष फेला परेको छ ।  प्रहरीले डार्मोडीका लागि यो ‘दुःखद अन्त्य’ भएको बताएको छ । औपचारिक पहिचान प्रक्रिया छिट्टै पूरा गरिनेछ ।

डार्मोडी एक अनुभवी माझी थिए भने केप योर्क समुदायका एक चर्चित सदस्य पनि । ४.१ मिटर (१३.४ फिट) र २.८ मिटर लम्बाइ भएका दुई गोहीलाई उनलाई अन्तिम पटक देखेको ठाउँबाट करिब १.५ किलोमिटरमा सोमबार गोली हानेर मारिएको थियो ।

मानव अवशेष ती दुई गोहीमध्ये एउटामा मात्रै फेला परेको थियो तर वन्यजन्तु अधिकारीले घटनामा ती दुवै सहभागी भएको अनुमान गरेका छन् । 

डार्मोडीसँगै माछा मारिरहेका अर्का एक माझीले आक्रमण नदेखेको तर डार्मोडीको चिच्याहट र पछि छप्ल्याङ् गरेको पानीको ठुलो आवाज सुनेको बताइन्छ । 

‘म दौडिएर त्यता तिर लागेँ । तर उनी कतै देखिएनन् । किनारामा उनको चप्पल थियो, अरू केही थिएन,’ उनका साथी जोन पिइटीले द केप योर्क विक्लीलाई भने । 

अस्ट्रेलियाका केही स्थानमा गोही सामान्य छन् तर आक्रमण भने दुर्लभ छन् । डार्मोडीको मृत्यु क्विन्सल्यान्डमा सन् १९८५ मा रेकर्ड राख्न सुरु भएदेखि १३ औँ घातक हमला हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप