हराइरहेका अस्ट्रेलियाली नागरिकको अवशेष गोहीको शरीरभित्र भेटियाे
साथीहरूसँग माछा मार्ने क्रममा बेपत्ता भएका एक अस्ट्रेलियाली व्यक्तिको अवशेष गोहीभित्र फेला परेको छ । ६५ वर्षीय केभिन डार्मोडीलाई शनिवार उत्तरी क्वीन्सल्याण्डको दुर्गम भागमा रहेको गोहीको वासस्थान – केनेडिज बेन्डमा अन्तिम पटक देखिएको थियो ।
दुई दिनको खोजी अभियान पछि प्रहरीले दुई वटा ठुला गोहीलाई मारे । अनुसन्धान गर्दा त्यसभित्र मानव अवशेष फेला परेको छ । प्रहरीले डार्मोडीका लागि यो ‘दुःखद अन्त्य’ भएको बताएको छ । औपचारिक पहिचान प्रक्रिया छिट्टै पूरा गरिनेछ ।
डार्मोडी एक अनुभवी माझी थिए भने केप योर्क समुदायका एक चर्चित सदस्य पनि । ४.१ मिटर (१३.४ फिट) र २.८ मिटर लम्बाइ भएका दुई गोहीलाई उनलाई अन्तिम पटक देखेको ठाउँबाट करिब १.५ किलोमिटरमा सोमबार गोली हानेर मारिएको थियो ।
मानव अवशेष ती दुई गोहीमध्ये एउटामा मात्रै फेला परेको थियो तर वन्यजन्तु अधिकारीले घटनामा ती दुवै सहभागी भएको अनुमान गरेका छन् ।
डार्मोडीसँगै माछा मारिरहेका अर्का एक माझीले आक्रमण नदेखेको तर डार्मोडीको चिच्याहट र पछि छप्ल्याङ् गरेको पानीको ठुलो आवाज सुनेको बताइन्छ ।
‘म दौडिएर त्यता तिर लागेँ । तर उनी कतै देखिएनन् । किनारामा उनको चप्पल थियो, अरू केही थिएन,’ उनका साथी जोन पिइटीले द केप योर्क विक्लीलाई भने ।
अस्ट्रेलियाका केही स्थानमा गोही सामान्य छन् तर आक्रमण भने दुर्लभ छन् । डार्मोडीको मृत्यु क्विन्सल्यान्डमा सन् १९८५ मा रेकर्ड राख्न सुरु भएदेखि १३ औँ घातक हमला हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण