जुनसुकै दलमा लागेको भएपनि दोषीलाई कारवाही गर्नुपर्छ: महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका छन् । एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारबाही हुनुपर्ने नेता बस्नेतले बताए ।
यस्तै नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषीलाई काबारही गर्न दलहरु एक हुनुपर्ने उनको भनाइ छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्ने कुरा उचित छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाही गर्नुपर्दछ ।’
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा बुधवार जिल्ला अदालत काठमाडौँले एमाले नेता रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण