कर्णालीको आयु बोक्ने प्रष्ठिानको व्यथा
जुम्ला । कुनै समय सिटामोल नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइसमेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन् । एकदशकअघिसम्म हवाईजहाजमा बिरामी पठाउने जुम्लाले अहिले मुलुकलाई डाक्टर दिइरहेको छ । ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीलगायत विकट क्षेत्रको भरोसा बनेको छ ।
पहिले गाउँका विपन्न नागरिक रोग पालेर मृत्यु कुर्न बाध्य थिए । विकटको स्वास्थ्य सेवाको भाष्य बदलेको छ । प्रतिष्ठानले कोरोना महामारीको बेला कर्णालीलाई सुरक्षित राखेर प्रदेशका अधिकांश जिल्लामा ६० जना डाक्टर परिचालन गरेर महामारीविरुद्ध लडेको थियो । ‘प्रतिष्ठान कर्णालीको गौरव हो, कर्णालीको आयु हो, प्राण पनि हो ।’ नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने ।
विगतमा स्वास्थ्य सुविधाको त कुरै छोडौं, कसैको अस्वाभाविक मृत्यु भएमा पनि लास पोस्टमार्टमका लागि डाक्टर कुर्नुपथ्र्यो, सामान्य हात खुट्टा प्लास्टर गर्न पनि नेपालगन्ज, काठमाडौंलगायत ठूला सहरमा जानुपथ्र्यो । ‘पैसा हुनेहरू सुविधा सम्पन्न अस्पताल खोज्दै जिल्लाबाहिर जान्थे, विपन्न रोग पालेर मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता थियो,’ श्रीमतीको पाठेघर अप्रेसन गर्न प्रतिष्ठान पुगेका भेरिखोलाका देवीलाल रावलले सुनाए । ‘जुम्लामै अत्याधुनिक सुविधासहितको प्रतिष्ठान हुँदा खाना खर्चबाहेक अरू केही लागेन, विपन्नका लागि यो प्रतिष्ठान भरोसा बनेको छ,’ प्रतिष्ठानमा सस्तो, सुलभ र सहज उपचार सेवा पाउँदा दुर्गमका नागरिक खुसी छन् । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण