सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भेरोनाको पोष्टमा इन्टरको गोल वर्षा

बिहीबार, २१ वैशाख २०८०, ०८ : ४३
बिहीबार, २१ वैशाख २०८०

काठमाडौं । इटालियन सिरीए फुटबलको आफ्नो पछिल्लो खेलमा इन्टर मिलानले सजिलो जित हासिल गरेको छ । इन्टरले बुधबार राति खेलिएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भेरोनालाई ६-० गोलको विशाल अन्तरले हरायो ।

इन्टरको जितमा लाउटारो मार्टिनेज र एडिन डेकोले २-२ गोलको योगदान गरे । टोलीको खातामा हकानले पनि एक गोल थपे । भेरोनाका खेलाडी एडोल्फो गाइचबाट एउटा आत्मघाति गोल भएको थियो । ३३ खेलबाट ६० अंक बटुल्दै इन्टर तालिकाको चौथो स्थानमा छ । समान खेलबाट २७ अंक जोडेको भेरोना भने १८औं स्थानमा छ ।

सोही राति भएको खेलमा युभेन्ट्स र लाजियोले पनि सफलता हात पारेका छन् । युभेन्ट्सले लेसीलाई २-१ र लाजियोले सासुओलोलाई २-० गोलले हराए । युभेन्ट्सको जितमा लेन्ड्रो पाराडेस र डुसान भ्लाहोभिचले १-१ गोल गरे । जितसँगै युभेन्ट्स ३३ खेलबाट ६३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । लेसी भने समान खेलबाट ३१ अंक जोडेर १६औं स्थानमा छ ।

अर्को खेलमा लाजियोका लागि फेलिप एन्डर्सन र टोमा बासिसले १-१ गोल गरे । ३३ खेलबाट ६४ अंक जोडेको लाजियो तालिकाको दोस्रो स्थानमा आसिन छ । सासुओलो भने ४३ अंकसहित तालिकाको १२औं स्थानमा रहेको छ ।

सोही राति भएको खेलमा एसी मिलान भने क्रेमोनेससँग १-१ गोलको बराबरीमा रोकिएको छ । ५८ अंकसहित मिलान छैटौं स्थानमा छ । एएस रोमा पनि मोन्जासँग १-१ गोलको बराबरीमा रोकियो । ५८ अंकसहित रोमा सातौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप