समाचार
सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो
बिहीबार, २१ वैशाख २०८०, १२ : ०९
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।
बिहीबार बिहान बुटवलबाट काठमाडौँ ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।
विमानबाट काठमाडौँ ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए ।
सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ ।
यसअघि पक्राउ परेका ५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । यस्तै यो प्रकरणमा एमाले सचिव समेत रहेका टोपबहादुर पनि मुछिएका छन् ।
यो प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत समेत पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण