दलीय स्वार्थभन्दा माथि उठेर काम गर्छु भन्दै गण्डकीका मुख्यमन्त्रीले मागे विश्वासको मत
कास्की । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई विश्वासको मत दिन सबै दलसँग आग्रह गरेका छन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले आफ्नो नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाए । उनले सरकारप्रति सकारात्मक भावना विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्ने पनि प्रस्ट पारे ।
उनले एमाले र राप्रपासँग पनि विश्वासको मत माग्दै साझा प्रयासबाटै प्रदेशले अघि सारेका योजना र आयोजना सम्पन्न हुने बताए ।
विश्वासको मत माग्दै पाण्डेले प्रदेशमा खानेपानी लिफ्टिङ खानेपानीको विद्युत शुल्क निशुल्क गर्ने आफ्नो नेतृत्व सरकारले निर्णय गरेको बताए । कृषि क्षेत्रका युवाहरुलाई आकर्षित गर्ने, पर्यटन क्षेत्रको विकासलाई पर्यटन क्षेत्रलाई निश्कर्षमा पु¥याइने उनले बताए ।
युवाहरुलाई व्यवसायी गर्न प्रत्साहन गर्न जोड दिने उनले बताए । प्रदेशमा रहेका शिक्षण मानव श्रम साधान निर्माण गरिनेछ र प्रदेशमा निर्माण भइरहेका पूर्वाधारलाई जनताको पहुँचमा पु¥याइने उनले बताए । प्रदेका समउन्नतिका लागि समयमै सम्पन्न गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण