यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिन्छु : मुख्यमन्त्री पाण्डे
बिहीबार, २१ वैशाख २०८०, १४ : ५४
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिका मुख्यमन्त्रीले गरेका राम्रा कामको निरन्तरता दिने बताएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिने बताएका हुन् ।
‘गण्डकी प्रदेशमा यसअघि गठन भएका तीनवटै सरकारबाट प्रदेशलाई स्थापित गर्न प्रशस्त प्रयास भएका छन् । यसलाई निरन्तरता दिँदै जनअपेक्षा पूरा गरी सरकारप्रति सकारात्मक भावना विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नेछ,’ पाण्डेले भने ।
उनले प्रदेशवासीको विकास र समृद्धिको आकांक्षा पूरा गर्न सहयोग गर्ने बताए । प्रदेशको समुन्नतिको लागि विगतका सरकारहरूले थालनी गरेका आयोजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण