तौल घटाउन यस्ता चिया खानुहोस्, तीव्र रूपमा घट्नुहुनेछ
आजको बदलिँदो जीवनशैली र खराब खानपानका कारण मोटोपना तीव्र गतिमा बढिरहेको छ । आजकाल हामी धेरै मानिसलाई मोटो देख्छौँ ।
मोटोपनले धेरै रोगको जोखिम बढाउँछ । मानिसहरू तौल घटाउन धेरै उपाय पनि अपनाउने गर्दछन् । तौल घटाउनु त्यति सहज कुरा भने होइन । तौल घटाउन सबैभन्दा पहिले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । यो प्रक्रियामा तपाईंलाई विशेष खालको चियाले पनि मद्दत गर्न सक्छ ।
आज यस्ता चियाबारे जानकारी लिऔँ, जसले तौल घटाउन मद्दत गर्छ ।
ग्रिन टी
ग्रिन टीको सेवन तौल घटाउन निकै फाइदाजनक मानिन्छ । ग्रिन टी तौल घटाउनको लागि प्रभावकारी मानिन्छ । यसले धेरै स्वास्थ्य लाभ प्रदान गर्छ ।
ग्रिन टी तौल घटाउन मात्र हैन, छालाका लागि पनि निकै राम्रो मानिन्छ । ग्रिन टीमा तौल र शरीरको बोसो दुवै कम गर्ने तत्त्व छन् ।
कालो चिया
तौल घटाउनका लागि कालो चिया पनि फाइदाजनक मानिन्छ । कालो चियामा क्याफिनका मात्रा उच्च हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । यसमा फ्लेभोन्स नामको तत्त्व पनि पाइन्छ, जुन तौल घटाउन र कम्मरको बोसो घटाउन प्रभावकारी मानिन्छ ।
पुदिनाको चिया
तौल घटाउन पुदिनाको चिया पनि निकै फाइदाजनक मानिन्छ । एक कप पुदिनाको चियाले प्राकृतिक भोक दबाउने काम गर्छ । पुदिना सहजै उपलब्ध हुने भएकोले यसलाई तपाईंले आफ्नो खानामा सहजै समावेश गर्न सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण