आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तौल घटाउन यस्ता चिया खानुहोस्, तीव्र रूपमा घट्नुहुनेछ

बिहीबार, २१ वैशाख २०८०, १६ : ३१
बिहीबार, २१ वैशाख २०८०

आजको बदलिँदो जीवनशैली र खराब खानपानका कारण मोटोपना तीव्र गतिमा बढिरहेको छ । आजकाल हामी धेरै मानिसलाई  मोटो देख्छौँ ।

मोटोपनले धेरै रोगको जोखिम बढाउँछ । मानिसहरू तौल घटाउन धेरै उपाय पनि अपनाउने गर्दछन् । तौल घटाउनु त्यति सहज कुरा भने होइन । तौल घटाउन सबैभन्दा पहिले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । यो प्रक्रियामा तपाईंलाई विशेष खालको चियाले पनि मद्दत गर्न सक्छ ।

आज यस्ता चियाबारे जानकारी लिऔँ, जसले तौल घटाउन मद्दत गर्छ । 

ग्रिन टी

ग्रिन टीको सेवन तौल घटाउन निकै फाइदाजनक मानिन्छ । ग्रिन टी तौल घटाउनको लागि प्रभावकारी मानिन्छ  । यसले धेरै स्वास्थ्य लाभ प्रदान गर्छ ।

ग्रिन टी तौल घटाउन मात्र हैन, छालाका लागि पनि निकै राम्रो मानिन्छ । ग्रिन टीमा तौल र शरीरको बोसो दुवै कम गर्ने तत्त्व छन् । 

कालो चिया

तौल घटाउनका लागि कालो चिया पनि फाइदाजनक मानिन्छ । कालो चियामा क्याफिनका मात्रा उच्च हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । यसमा फ्लेभोन्स नामको तत्त्व पनि पाइन्छ, जुन तौल घटाउन र कम्मरको बोसो घटाउन प्रभावकारी मानिन्छ । 

पुदिनाको चिया

तौल घटाउन पुदिनाको चिया पनि निकै फाइदाजनक मानिन्छ । एक कप पुदिनाको चियाले प्राकृतिक भोक दबाउने काम गर्छ । पुदिना सहजै उपलब्ध हुने भएकोले यसलाई तपाईंले आफ्नो खानामा सहजै समावेश गर्न सक्नुहुन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप