गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वको ध्यान जान जरुरी छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको बताएका छन् ।
बुद्धजयन्तीको अवसरमा आज शुभकामना दिँदै ओलीले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुऱ्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवसका रूपमा मनाउने घोषणा गरेको स्मरण गरेका छन् ।
अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भएको ओलीको भनाई छ ।
नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको भन्दै उनले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण