सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सपनाको खेल सपना

खेलको खुसी : सृष्टिको सपनाको त्यो दशरथ रंगशाला...

शुक्रबार, २२ वैशाख २०८०, ०८ : २४
शुक्रबार, २२ वैशाख २०८०

दाङ । घोराही उपमहानगरपालिका–१७ की सृष्टि योगी गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । सामान्य परिवारकी उनको जीवनशैली पनि सामान्य नै देखिन्छ । तेक्वान्डो खेलाडीले चिनिन थालेपछि भने उनको परिवारको परिचय फेरिन थालेको छ । 

यही वैशाख १५ देखि १६ गतेसम्म दशरथ रंगशालामा आयोजित राष्ट्रिय तेक्वान्डो खेलमा छात्रा तर्फको ३५–४० तौल समूहको खेलमा उनी प्रथम भएकी छिन् । हजुरआमा, आमासहित उनको ५ जनाको परिवार छ । उनका भाइ पनि सोही विद्यालयमा अध्ययन गर्र्छन् । उनका बाबुको हलुका सवारी चालकको जागिर गर्छन् । 

करिव दुुई वर्षदेखि तेक्वान्डो खेल सुरु गरेकी योगी अहिले ‘टचरेड बेल्ट’ मा पुुगेकी छिन् । तेक्वान्डो खेलमा क्षमता र दक्षता विकासमा तल्लीन उनी अहिले प्रथम राष्ट्रिय बिजेताको उपाधि पाउँदा खुसीले गदगद छिन् । उनले भनिन्– ‘दशरथ रंगशालामा खेल्ने र विजेता हुने सपना थियो, त्यो पूरा भएको छ । अब अन्तर्राष्ट्रिय मैदानमा भिड्ने र देशको झण्डा फरफराउने सपना पुरा गर्न बाँकी छ ।’

दशरथ रंगशालामा प्रथम राष्ट्रिय पुरस्कार थाप्नु उनको र परिवारको लागि सपनाजस्तै बनेको उनले सुनाईन् । खेलप्रतिको संघर्ष र मेहनतले खेल जीवन सुरु गरेको दुई वर्षमै त्यो सपना पुरा गर्न सफल भएको खुशी साट्दै उनी भन्छिन्, ‘अहिले राष्ट्रिय गोल्ड मेडल हात पारेकी छु । यो म र मेरो परिवारको सबैभन्दा खुसीको कुरा हो ।’ 

खेलमा डाइट पनि उत्तिकै चाहिन्छ, जो उनले पर्याप्त पाएकी छैनिन् । तर खेलमा लगानीभन्दा पनि लगाव धेरै भए सफल बन्न सकिने उनको भनाई छ । उनले भनिन्– ‘सायद म खेलमा लगाव राख्दैनथे भने दशरथ रंगशाला मेरो लागि बिरानो हुन्थ्यो ।’  

उनी मात्रै होइन, सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत गरिमा चौधरीले पनि भर्खरै सम्पन्न प्रदेशस्तरीय एथ्लेटिक्स प्रतियोगितामा तृतीय स्थान हात पारेकी छिन् । 

सामान्य थारु परिवारमा जन्मिएकी गरिमाको खेल क्षेत्रमा आफूलाई राष्ट्रिय/अन्र्तराष्ट्रिय मैदानमा आफ्नो क्षमता मञ्चन गर्ने हुटहुटी उस्तै छ । उनले भनिन्–‘एथ्लेटिक्समा म देशकै महिला उत्कृष्ट खेलाडी मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमै खेलाडीमा नाम लेखाउने रहर छ ।’ 

आमाले सामान्य एग्रोभेट पसल चलाउँदै ३ परिवारको गुजारा टार्दै आइरहेको चौधरीको पारिवारिक अवस्था सामान्य छ । यसै क्रममा, तेक्वान्डो खेलमा प्रथम राष्ट्रिय पुरस्कार र एथ्लेटिक्समा प्रदेश स्तरीय तृतिय पुरस्कार हात पार्न सफल छात्राद्वयलाई गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयले नगद पुरस्कारसहित सम्मान गरेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्यले खेलाडी विद्यार्थीहरुको उत्साह र खेलप्रतिको मेहनतको सम्मानसहित खेलाडी विद्यार्थीहरुको मनोवल बृद्धिका लागि सम्मान गरिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप