रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त पारेको युक्रेनको दाबी
शुक्रबार, २२ वैशाख २०८०, ०९ : ४१
काठमाडौँ । युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ । रुसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरूसमेत आक्रमण गरे पछि तनाव बढ्दै गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसका तेल भण्डारहरूमा ड्रोन (क्षेप्यास्त्र) आक्रमण गरेर केही भण्डारण क्षेत्रलाई ध्वस्त बनाएको र यसरी गरिएको आक्रमण पछि रुसी तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठुला ठुला मुस्लो उठेको थियो ।
युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले आफ्नो राजधानी कीभलगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको निहत्था हत्या गरेको बदला लिनका लागि जवाफमा रुसका तेल भण्डारहरूमा आक्रमण गरी ध्वस्त बनाइएको बताए ।
उनका अनुसार ४० हजार टन तेल भरिएका १० वटा ठुला तेल भण्डार माथि आक्रमण गरी ध्वस्त बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण