सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त पारेको युक्रेनको दाबी

शुक्रबार, २२ वैशाख २०८०, ०९ : ४१
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ । रुसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरूसमेत आक्रमण गरे पछि तनाव बढ्दै गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसका तेल भण्डारहरूमा ड्रोन (क्षेप्यास्त्र) आक्रमण गरेर केही भण्डारण क्षेत्रलाई ध्वस्त बनाएको र यसरी गरिएको आक्रमण पछि रुसी तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठुला ठुला मुस्लो उठेको थियो ।

युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले  आफ्नो राजधानी कीभलगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको निहत्था हत्या गरेको बदला लिनका लागि जवाफमा रुसका तेल भण्डारहरूमा आक्रमण गरी ध्वस्त बनाइएको बताए ।

उनका अनुसार ४० हजार टन तेल भरिएका  १० वटा ठुला तेल भण्डार माथि आक्रमण गरी ध्वस्त बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप