लुम्बिनीको सम्भावनालाई उपयोग गर्नुपर्छ : प्रधानमन्त्री
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेकोले त्यसलाई थप उपयोग गर्नुपर्ने बताएका ।
२५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले लुम्बिनीको सम्भावना असीमित रहेको बताए । उनले लुम्बिनीमा रहेका सम्भावनाहरूलाई थप उपयोग गर्दै अगाडि जाने बताएका हुन् ।
उनले सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले लुम्बिनीसँगै कपिलवस्तु, देव दह, रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनीको रूपमा विकास गरिने बताए ।
उनले क्रान्ति र शान्ति एक अर्काका पूरक भएको रहेको भन्दै उक्त विषयलाई बुझ्ने र ग्रहण गर्नेमा एकरूपता हुन नसकेको बताए ।
उनले नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृह त्याग गरी कठोर भन्दै परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेकोले आज पनि उत्तिकै महत्त्वपूर्ण मानिने गरिएको बताए ।
समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, चिनियाँ राजदूत च्याङ सोङ, यूएनडीपीका नेपाल प्रतिनिधि एशियनी लादे, लुम्बिनीले विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, सदस्य सचिव सानुराज शाक्यले लुम्बिनीको महत्त्व आ आफ्नो धारण राखेका थिए । प्रधानमन्त्री सम्बोधन गर्नु आगाडि आज बिहान लुम्बिनीमा शान्ति र्याली निकालिएको थियो । बुद्ध जयन्ती अवसर आज भोलि विभिन्न कार्यक्रम गर्दै लुम्बिनीमा मनाइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण