जसपाको विधान अधिवेशन फेरि सर्ने निश्चित
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को विधान अधिवेशन फेरि सर्ने निश्चित भएको छ ।
जेठ १ गतेका लागि तय भएको अधिवेशन सर्ने निश्चित भएको हो । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले वैशाख २७ गते बस्ने कार्यकारिणी समितिको बैठकले अधिवेशनको नयाँ मिति तय गर्ने बताए ।
तयारी पूरा नभएकाले जेठ १ गतेका लागि तोकिएको अधिवेशन सर्ने भएको उनको भनाइ छ । जसपाका अनुसार अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विधानको मस्यौदा तयार भइसकेको छ । त्यसका लागि मागिएको सुझाव पनि लगभग सबै प्रदेशबाट प्राप्त भइसकेको छ । तर, त्यसमाथि थप छलफल गरेर अन्तिम रूप दिन बाँकी छ ।
यसअघि चैत २६ गतेदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने तय भएको थियो । तर वैशाख १० गते भएको उपनिर्वाचनको कारण देखाउँदै अधिवेशन सरेर जेठ १ गतेका लागि तय गरिएको थियो । अधिवेशन जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो ।
विधान संशोधन मस्यौदा अनुसार जसपाले केन्द्रीय समितिको सदस्य सङ्ख्या घटाउने प्रस्ताव गरेको छ । मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ । हालको विधानमा केन्द्रीय समिति ७०१ सदस्यीय रहेको छ ।
मस्यौदामा केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गरिएको छ भन ७० वर्ष पुरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।
यसैबीच वैशाख २७ गते बस्ने जसपाको कार्यकारिणी समितिको बैठकले मन्त्रीको बारेमा टुंगो लगाउने भएको छ । जसपाले सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार एक मन्त्री पठाउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण