नयाँ परियोजना र खर्च कटौतीमा निर्मम बन्न पूर्वअर्थमन्त्रीहरुको सुझाव
काठमाडौँ । बजेटको सन्दर्भमा अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीकामा जुटेको सरकारलाई बजेटमा नयाँ परियोजनासँगै व्यापक खर्च कटौतीमा निर्मम भएर अघि बढ्न पूर्वमन्त्रीहरुले सुझाव दिएका हुन् ।
व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न पूर्वमन्त्रीहरुले अर्थमन्त्रीलाई सुझावहरु दिएका छन् ।
छलफलमा पूर्व अर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी भएका थिए । छलफलका क्रममा अर्थ मन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसकालागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे ।
उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरूलाई मात्र बजेट छुट्टाउने र निजी क्षेत्रको आत्म विश्वास बढाउन आफू लागि परेको जानकारी गराए ।
साथै मन्त्री महतले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने आफ्नो योजना रहेको समेत बताए । अर्थ मन्त्री महतले अन्य पूर्व अर्थमन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण