नेविसंघ र तरुण दलमा जम्बो केन्द्रीय समिति बनाउने तयारी
काठमाडौँ । नेपाली कांग्रेसले भातृ संगठन नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने सहमति भएको सहमहामन्त्री महेन्द्र यादवले रातोपाटीलाई बताए ।
उनले भने, 'नेविसंघको केन्द्रीय समिति ३ सय सदस्यीय र तरुण दलमा २ सय सदस्यीय हाराहारीको बनाउने कुरा भएको छ ।'
नेविसंघको विधानमा १ सय १ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ भने तरुण दलको कार्यसमिति ९५ सदस्यीय रहने व्यवस्था छ । नेविसंघ र तरुण दलको केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि विधानभन्दा बाहिर गएर जम्बो तदर्थ समिति बनाइने भएको छ ।
यसका लागि नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङलाई शनिबारभित्र केन्द्रीय समितिका लागि नामावली बुझाउन पदाधिकारी बैठकले निर्देशन दिएको यादवले बताए ।
बैठकले पार्टीको कुनै पनि पार्टीको संरचनामा बसेका र जनप्रतिनिधि बनेकाहरूलाई भ्रातृ संस्थामा समावेश नगर्ने निर्णय गरेको छ । उनले भने, 'पार्टीको वडादेखि केन्द्रसम्म कुन पनि कमिटीमा रहेकाहरुलाई नेविसंघ र तरुण दलमा नसमेट्ने मापदण्ड बनाइएको छ । आइतबारसम्म समिति ल्याउने गरी तयारी भएको छ । आज नेविसंघ र तरुण दलका प्रमुखलाई बोलाएर आएका नामहरूको सर्टलिस्टिङ गर्न भनेका छौँ ।'
उनका अनुसार नेविसंघको ३२ र तरुण दलको ४५ वर्षको उमेर हदबन्दीअनुसार संगठन विस्तार हुने छ । २०७८ चैत ९ गतेसम्म ३२ वर्ष नपुगेकालाई नेविसंघ र ४५ वर्ष नपुगेकालाई तरुण दलमा जिम्मेवारी दिइने सहमहामन्त्री यादवले बताए । उनका अनुसार भ्रातृ संस्थाका तदर्थ समितिमा भने पदाधिकारी हुने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण