साउदी यात्राका लागि मेस्सीले मागे माफी
पेरिस । साउदी अरेबको अनाधिकृत यात्राबारे लियोनेल मेस्सीले आफ्नो पेरिस सेन्ट-जर्मेन टोलीका साथीहरूसँग माफी मागेका छन् र क्लबले उनीबारे के निर्णय गर्छ भन्नेबारेमा पर्खने बताएका छन्। भ्रमणका लागि अर्जेन्टिनाका कप्तानलाई क्लबले दुई साताका लागि निलम्बन गरेको छ ।
आइतबार लोरिएन्टसँग पीएसजीको घरेलु हार पछि मेस्सी साउदी पुगेका थिए । पछिल्ला छ खेलमा पीएसजीको यो तेस्रो हार थियो । मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचेँ कि हामीले खेल पछिको दिन बिदा लिनेछौँ, जुन अघिल्लो हप्ताहरूमा भएको थियो। मैले साउदी अरबको योभन्दा अघिल्लो यात्रा रद्द गरेको थिएँ। यस पटक मैले रद्द गर्न सकिनँ।’ ३५ वर्षीय खेलाडी साउदी अरबका लागि पर्यटन दूतको भूमिकामा छन् ।
यो सिजनको अन्त्यमा सम्झौता सकिएपछि मेस्सी पीएसजी छाड्ने तयारीमा छन् । यता पीएसजीका म्यानेजर क्रिस्टोफ गाल्टियरले मेस्सीको निलम्बनसँग आफ्नो ‘केही सरोकार नभएको’ बताएका छन्, साथै खेलाडीहरूको घरबाहिर फ्यानको विरोधको निन्दा पनि गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण