बलिउडमा डेब्यु गर्दै मिस इन्डिया नन्दिनी
मुम्बई । यस वर्ष राजस्थानकी नन्दिनी गुप्ताले फेमिना मिस इन्डिया वर्ल्ड २०२३ को उपाधि जितेर आफ्नो परिवारको नाम मात्र होइन आफ्नो राज्यलाई पनि गौरवान्वित गरिन् । यो जितपछि नन्दिनीले सामाजिक सञ्जालमा पनि धेरै चर्चा कमाइरहेकी छिन् । नन्दिनीको तस्बिर पनि भाइरल हुन्छ । अब नन्दिनीले पनि बलिउडमा डेब्यु गर्ने खबर बाहिरिएको छ ।
फेमिना मिस इन्डिया वर्ल्ड २०२३ को उपाधि जितेपछि नन्दिनीको फ्यान फलोइङ निकै बढेको छ । मिडिया रिपोर्टका अनुसार नन्दिनीलाई लामो समयदेखि बलिउडमा धेरै फिल्मको अफर आइरहेको थियो तर उनले ती फिल्म अस्वीकार गरेकी थिइन् । यसैबीच फेरि एकपटक नन्दिनीलाई एउटा स्क्रिप्ट मन परेको र उनी यसमा काम गर्न चाहन्छिन् भन्ने खबर पनि आइरहेको छ ।
मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने नन्दिनी ‘वेलकम’ को तेस्रो पार्ट ‘वेलकम ३’ मा प्रवेश गरेकी छिन् । फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन् । फिल्म ‘वेलकम’ ठुलो फ्रेन्चाइजी हो
निर्माण पक्ष अहिले फिल्म ‘हेराफेरी ३’मा केन्द्रित छ । चलचित्र ‘हेराफेरी ३’ को बारेमा निकै चर्चा चलिरहेको छ। यसपछि उनीहरुले वेलकममा ध्यान दिनेछन् । एक अन्तर्वार्तामा नन्दिनीलाई सोधिएको थियो कि के उनी अहिले फिल्म गर्न तयार छिन् ? यसैमा उनले भनेकी थिइन्, ‘बलिउडमा मौका पाए कसलाई जान मन लाग्दैन ? यदि मैले पाए भनेँ, म अवश्य जान्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण