शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बलिउडमा डेब्यु गर्दै मिस इन्डिया नन्दिनी

शनिबार, २३ वैशाख २०८०, ०९ : ०८
शनिबार, २३ वैशाख २०८०

मुम्बई । यस वर्ष राजस्थानकी नन्दिनी गुप्ताले फेमिना मिस इन्डिया वर्ल्ड २०२३ को उपाधि जितेर आफ्नो परिवारको नाम मात्र होइन आफ्नो राज्यलाई पनि गौरवान्वित गरिन् । यो जितपछि नन्दिनीले सामाजिक सञ्जालमा पनि धेरै चर्चा कमाइरहेकी छिन् । नन्दिनीको तस्बिर पनि भाइरल हुन्छ । अब नन्दिनीले पनि बलिउडमा डेब्यु गर्ने खबर बाहिरिएको छ ।

फेमिना मिस इन्डिया वर्ल्ड २०२३ को उपाधि जितेपछि नन्दिनीको फ्यान फलोइङ निकै बढेको छ । मिडिया रिपोर्टका अनुसार नन्दिनीलाई लामो समयदेखि बलिउडमा धेरै फिल्मको अफर आइरहेको थियो तर उनले ती फिल्म अस्वीकार गरेकी थिइन् । यसैबीच फेरि एकपटक नन्दिनीलाई एउटा स्क्रिप्ट मन परेको र उनी यसमा काम गर्न चाहन्छिन् भन्ने खबर पनि आइरहेको छ । 

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने नन्दिनी ‘वेलकम’ को तेस्रो पार्ट ‘वेलकम ३’ मा प्रवेश गरेकी छिन् । फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन् । फिल्म ‘वेलकम’ ठुलो फ्रेन्चाइजी हो 

निर्माण पक्ष अहिले फिल्म ‘हेराफेरी ३’मा केन्द्रित छ । चलचित्र ‘हेराफेरी ३’ को बारेमा निकै चर्चा चलिरहेको छ। यसपछि उनीहरुले वेलकममा ध्यान दिनेछन् । एक अन्तर्वार्तामा नन्दिनीलाई सोधिएको थियो कि के उनी अहिले फिल्म गर्न तयार छिन् ? यसैमा उनले भनेकी थिइन्, ‘बलिउडमा मौका पाए कसलाई जान मन लाग्दैन ? यदि मैले पाए भनेँ, म अवश्य जान्छु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप